अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन :  दुई हजार ८०९ मत खस्यो

कांग्रेस महाधिवेशन :  दुई हजार ८०९ मत खस्यो


काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचनमा दुई हजार ८०९ जनाले मतदान गरेका छन् ।

दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिनुभयो । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् ।

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कागजी मतदानमा एक जनालाई मत हाल्का लागि एक जनालाई आधा घण्टा भन्दा धेरै समय लागिरहेको जनाइएको छ ।

बिहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र मतदान सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ।