अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : ४६८१ मत खस्यो, मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : ४६८१ मत खस्यो, मतगणना सुरु हुँदै


काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्धारण गरिएको मतदानको समय सकिएको छ ।

मतदान सकिएपछि सभापति पदको मतपेटिका मत गणनास्थलमा पुर्‍याइएको छ । सभापति पदको मतगणना केही बेरमा सुरु हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

नेतृत्व चयनका लागि भएको मतदानमा ४६८१ मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन् ।

सभापतिका तीन वटा मत पेटीका छन् । समितिका अनुसार सभापतिको मत गणना सुरु भएको ३ घण्टामा परीणाम आउने छ ।