अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३

३७७९ मत गन्दा देउवालाई १७९८, कोइरालालाई १४१३


काठमाडौँ — कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ ।

अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।

कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ।