काठमाडौं– नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको पहिलो चरणको चुनावमा उम्मेदवारले बहुमत पुर्याउन नसक्दा पुनः मतदान हुने भएको छ ।
भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।
देउवाले सबैभन्दा बढी मत पाए पनि उहाँले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाउनुभयो ।
कोइरालाले १७२९ मत पाउनुभएको छ ।
यसैगरी, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाउनुभयो ।







प्रतिक्रिया