अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई निधि र गुरुङको पनि समर्थन

देउवालाई निधि र गुरुङको पनि समर्थन


काठमाडौं- कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि र कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

देउवाले निधिलाई उहाँकै निवासमा पुगेर भेट्दै समर्थनका लागि आग्रह गर्नुभयो । संवादपछि निधिले पनि देउवालाई समर्थनको प्रतिबद्धता जनाएका छन् ।

यसअघि प्रकाशमान सिंहले देउवालाई समर्थन गरिसक्नुभएको छ ।

कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ ।

अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् ।