काठमाडौं -नेकपा एमालेको अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले काँग्रेसले प्रतिगमनको नेतृत्व गर्ने बताउनुभएको छ ।
संसदस्य दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
काँग्रेस नेपालको राजनीतिमा अहिलेसम्म पटक पटक प्रतिगमन गरेको आरोप लगाउनुभएको छ । २०१५ सालमा विपी कोइरालाले जानी जानी शासन सत्ता राजालाई बुझाएको बताउनुभयो । २०५९ सालमा पनि शेरबहादुर देउवाले राजालाई सत्ता बुझाएर प्रतिगमन गरेको बताउनुभयो । ‘अहिले पनि केही वामपन्थी भन्नेहरुले काँग्रेसलाई प्रतिगमनको आधार तयार गर्दै गरेका छन्’ ओलीले भन्नुभयो ‘तर त्यो प्रतिगमनलाई परास्त गरेर राजनीतिलाई ठिक ठाउँमा हिडाउन एमाले काफी छ ।’







प्रतिक्रिया