काठमाडौं -नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनयन भएका ४४ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण भोली ११ बजे हुने भएको छ ।
प्रचार विभागका उपप्रमुख बिष्णु रिजालका अनुसार तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउनु हुनेछ । नवनियुक्त सदस्यहरुको सपथ ग्रहणपछि विभिन्न जिम्मेवारी तोक्ने तयारी रहेको एमालेले जनाएको छ ।







प्रतिक्रिया