अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई एमाले अध्यक्ष ओलीको चेतावनी : नाङ्लो ठटाएर हात्तीलाई तर्साए जस्तो तर्साउनु पर्दैन

सभामुखलाई एमाले अध्यक्ष ओलीको चेतावनी : नाङ्लो ठटाएर हात्तीलाई तर्साए जस्तो तर्साउनु पर्दैन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने चेतावनी दिनुभएको छ । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने अध्यक्ष ओलीले बताउनुभयो ।

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘१४ जना सांसदलाई कारबाही नभएसम्म हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ ।’

संसदमा विरोध जनाउँदा एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई आग्रह गर्दै उहाँले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनीसमेत दिनुभयो ।

‘कुनै बेला डर-त्रास, धम्की दिने जमाना थियो होला, आजको दिनमा धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भन्नुभयो, ‘कारबाही गर्छु भन्नेहरुलाई, नियमावलीको नियम-विधान सिकाउनेहरुलाई आवेश-उत्तेजनामा नआउन सुझाव दिन्छु । यदि आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’