अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर र सुनसरीमा एकसाथ अख्तियारको छापा, कागजात नियन्त्रणमा

भक्तपुर र सुनसरीमा एकसाथ अख्तियारको छापा, कागजात नियन्त्रणमा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो अनियमितताको आशंका भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीका भोक्राहा नरसिंह गाउँपालिकामा एकसाथ छापामा मारेको छ ।

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो छापा मारेर पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी भएका बिलसहितका कागजात र विकास निर्माण कार्यका खरिदजन्य कागजात नियन्त्रणमा लिएको हो ।

उक्त दुई पालिकामा ठूलो अनियमितता भएको आशंका छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।