अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निधिले मागे देउवाका लागि भोट

निधिले मागे देउवाका लागि भोट


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशन प्रतिनिधिसँग देउवाका लागि भोट माग्नुभएको छ । दोस्रो चरणको मतदान सुरु हुनअघि विज्ञप्ति नै जारी गरेर निधिले प्रतिनिधिहरुसँग देउवाका लागि भोट माग्नुभएको हो ।

विज्ञप्तिमा उहाँले शेरबहादुर देउवाले निवासमै आएर सहयोगको आग्रह गरेको र उहाँको आग्रहलाई आफूले समर्थन गरेको उल्लेख गर्दै देउवालाई मतदान गर्न अपिल गर्नुभएको हो ।

पहिलो चरणमा देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।