अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसपटक गल्ती गरे पुस्तौँले पछुताउनु पर्छ : गगन थापा

यसपटक गल्ती गरे पुस्तौँले पछुताउनु पर्छ : गगन थापा


काठमाडौं – नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनमा गल्ती गरे पुस्तौँले पछुताउनु पर्ने बताउनुभएको छ ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुनुअघि अपिल गर्दै उहाँले प्रतिनिधिलाई संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न सक्ने नेतृत्व चयन गर्न आह्वान गर्नुभयो । यसका लागि सभापतिमा शेखर कोइरालालाई जिताउनु पर्ने उहाँको भनाइ छ ।

सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा र कोइराला हुनुहुन्छ । पहिलो चरणको निर्वाचन परिणामसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । उहाँरूले देउवालाई समर्थन गर्ने भएका छन् ।