काठमाडौं – एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उपमहासचिव ज्ञवालीले मंगलबार आफूमा कोभिड संक्रमण संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।
कोभिड-१९ संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उहाँको भनाइ छ । नेता ज्ञवालीले चार-पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ ।
‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनुभएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ। सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँ यसअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित हुनुभएको थियो । मंगलबार संसदीय दलको बैठक बसेको थियो ।
प्रतिक्रिया