काठमाडौं -एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । ज्ञवालीले मंगलबार आफूमा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।
कोभिड संक्रमण देखिए पनि आफूमा लक्षण सामान्य रहेको उहाँको भनाइ छ । ज्ञवालीले चार पाँच दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ। ‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४–५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ।
अस्ती सम्पन्न केन्द्रीय कमिटीको बैठकमा समेत उपस्थित हुनुभएको थियो ।
प्रतिक्रिया