अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीप दुर्घटना हुँदा दुईको मृत्य, सात घाइते

जीप दुर्घटना हुँदा दुईको मृत्य, सात घाइते


इलाम – मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–हर्कटे बजार नजिकैको सुकेपोखरीमा बुलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट तल खस्का इलामको माइजोगमाई गाउँपालिका–४ का ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँका ४० वर्षीय भरत घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य सात घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको समेत बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोङ गाउँपालिकाको कुटिडाँडाबाट इलाम आउँदै गरेको मे १ ज ३३०७ नम्बरको बुलेरो जीप सडकबाट करीब  सय मिटर तल झर्दा दुर्घटना भएको हो । सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिनुभयो ।