अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा सिजनल फ्लुका बिरामी बढे

हुम्लामा सिजनल फ्लुका बिरामी बढे


सिमकोट – हिमाली जिल्ला हुम्लामा चिसो बडेसँगै जिल्ला अस्पताल हुम्लामा दैनिक सिजनल फ्लुका बिरामीको संख्यमा वृद्धि भएको छ ।

हिउँद सुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या बढेको छ। गत मंसिर महिनाको अन्तिम सातामा परेको हिमपातले बिरामीको संख्या झन् बढ्न थालेको हो ।

दैनिक दिन जिल्लाको एम मात्र अस्पताल हुम्लामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, दमलगायतका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका डाक्टर कैलाश लामाले बताउनुभयो ।

जिल्ला अस्पतालको ओपिडी कक्षामा सामान्यदेखि जटिल खाले ५० देखी ६० जनासम्म बिरामी दिनहुँ चेकजाँचका लागि आउने गरेको र इमर्जेन्सी वार्डमा दैनिक १० देखि १५ जनासम्म आउने गरेको लामाले बताउनुभयो ।

विशेष गरेर बालबालिका र वृद्धवृद्धाहरू बिरामी भएर आउने क्रम बढेको लामाले बताउनुभयो । उहाँले  दिनहुँ जसो दुईरतीन जना गम्भीर प्रकारका बिरामीको रिफर गर्नु परेको उहाँले बताउनुभयो ।