दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलन पदाधिकारी चयन नगरी सकिएको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा मंसिर २५ र २६ गते भएको सम्मेलनले पदाधिकारीमा आकांक्षीहरु धेरै भएपछि चयन गर्न नसकेको हो । पदाधिकारी छनोट गर्न नसकेपछि अब केन्द्रले यसबारे निर्णय गर्ने नेताहरु बताउँछन् ।
एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सात जनाको हुने पदाधिकारी सर्वसम्मत चयन गर्न नसकेपछि सम्मेलन समापन गरिएको हो । स्रोतका अनुसार पदाधिकारीको चयन केही दिनपछि बस्ने अर्को बैठकले गर्ने छ ।
सम्मेलनले २ सय १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति भने सर्वसम्मत चयन गरेको छ । चयन भएका नयाँ कार्यसमितिले सपथग्रहण समेत गरिसकेका छन् ।







प्रतिक्रिया