अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज


काठमाडौं- नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज हुँदैछ ।

भक्तपुरमा तीन दिनअघि बसेको केन्द्रीय कमिटी बैठकबाट मनोनीत ४४ जना केन्द्रीय सदस्यहरुले आज बिहान ११ बजे शपथ लिने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनु हुनेछ । नवनियुक्त सदस्यहरुको शपथ ग्रहणपछि विभिन्न जिम्मेवारी तोक्ने तयारी रहेको एमालेले जनाएको छ ।