इटहरी – इटहरी उपमहनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ वर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन् । गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए ।
घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रतिक्रिया