काठमाडौ – नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखले पहल नगरेको कारण संसदको अवरोध लम्बिएको बताउनु भएको छ ।
पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ । अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध र नाराबाजीलाई निरन्तरता दिएको छ ।
‘संसद अवरोध कहिलेसम्म ?’ भन्ने प्रश्नमा नेम्वाङ भन्नुहुन्छ, ‘माग सम्बोधन नभएसम्म ।’ सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने नेम्वाङको भनाइ छ ।
नेम्वाङका अनुसार साउन २५ मा एमालेले संसद पद खोसुवा सहित पार्टीबाट निस्कासन गरेका माधव नेपाल सहितका १४ जना साँसदको पद खारेज नभएसम्म संसद अवरोध जारी रहनेछ ।







प्रतिक्रिया