काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयरवालाले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउन सेयरबजारविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज आयोजित पार्टीका केन्द्रीय कमिटीमा मनोनीत केन्द्रित सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । ओलीले भन्नुभयो- ‘कुन सेयरवालाले चन्दा दिएनन् होला, त्यही भएर प्रचण्डले त्यसलाई ध्वस्त बनाउन त्यसो भनेका होलानन् ।’
‘अध्यक्ष प्रचण्डले सेयरबजारका बारेमा क्रान्तिकारी भएर बोल्नुभएछ, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भन्नुभएछ,’ ओलीले भन्नुभयो, ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । तर, प्रचण्ड लेनिनभन्दा बढ्दा जान्ने भएर सेयरबजार साम्राज्यवादको विकसित रूप हो भनिदिनुभयो । कुन सेयर कारोबारीले चन्दा दिएनछन्, अनि त्यसविरुद्ध बोल्नुभयो । न रहे बाँस, नबजे बाँसुरी।’
अध्यक्ष ओली भन्नुहुन्छ- ‘सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उहाँले त्यस्तो भनिदिनुभयो ।’







प्रतिक्रिया