अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस उपसभापतिको मतगणना आज साँझदेखि

काँग्रेस उपसभापतिको मतगणना आज साँझदेखि


काठमाडौं -नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज साँझ देखि उपसभापतिको मतगणना हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अब केहीबेरमा पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ।
‘राती १० बजेसम्ममा मत गणना सक्ने तयारी छ ।

महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने घिमिरेले जानकारी दिनुभयो।
गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।

मतगणना सानेपामै हुनेछ।

कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।