काठमाडौं -सर्वोच्च अदालतले सरकारले गरेका एकपछि अर्को अवैधानिक कामलाई बदर गरेको छ । त्यसै क्रममा अघिल्लो सरकारले नियुक्त गरेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न आज अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त आदेश दिएको हो ।
ओली सरकारले नियुक्त गरेका तर अहिलेको सरकारले हटाएका नेपाल स्काउटका लोकवहादुर भण्डारी,युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा। कृष्णप्रसाद ओली पनि अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भइसकेका छन् ।







प्रतिक्रिया