अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म पराजित भए पनि हामी भने विजयी भएका छौं : शेखर कोइराला

म पराजित भए पनि हामी भने विजयी भएका छौं : शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू पराजित भए पनि आफ्ने टीमले विजयी हासिल गरेको बताउनुभयो ।

कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका तपाईं जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र हाम्रो टीमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’

आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उहाँले प्रष्टाउनुभयो । उहाँले भन्नुभयो, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन् । कसले के गर्‍यो ? कसो गर्‍यो ? किन गर्‍यो ?  भन्ने कुरा पनि मेरो मनमा छैन ।’

निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टीम सशक्त रूपमा प्रस्तुत हुने उहाँले चेतावनी दिनुभयो । ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उहाँले भन्नुभयो ।

कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टीमले अवसरको ढोका खोलिदिएको उहाँले दाबी गर्नुभयो । ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ । त्यसकारण म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उहाँले भन्नुभयो ।