अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति पदको मतगणना शुरु

कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति पदको मतगणना शुरु


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का हुनुहुन्छ । यस्तै शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी हुनुहुन्छ । यसैगरी प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला हुनुहुन्छ भने विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् । त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिनुभएको छ ।

१४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ ।