अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभापतिमा गुरुङ र खड्काको अग्रता

उपसभापतिमा गुरुङ र खड्काको अग्रता


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।

आझ पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ ।