अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु सचिवालय बैठक अध्यक्ष ओलीको गृहजिल्लामा हुने

अनेरास्ववियु सचिवालय बैठक अध्यक्ष ओलीको गृहजिल्लामा हुने


काठमाडौं– अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा हुने भएको छ ।

अनेरास्ववियु केन्द्रीय पदाधिकारीको बुधबार भक्तपुरमा बसेको पाँचौ बैठकले पुस १० र ११ गते अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक झापामा गर्ने निर्णय भएको अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

बैठकले पुस ७ गते देशैभर एकैपटक पालिका स्तरीय सम्मेलन गर्ने, पुस १ देखि ७ सम्म क्याम्पस कमिटी सम्मेलन गर्ने, पुस १५ देखि २२ सम्म जिल्ला अधिवेशन गर्ने, पुस २५ देखि माघ २ गतेभित्र विश्वविद्यालय राष्ट्रिय कमिटी सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटी सम्मेलन गर्ने निर्णय गरेको छ ।