अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी


काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

बुधबार अबेर राति सकिएको मत गणना अनुसार सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार खड्का र शेखर कोइराला पक्षबाट उम्मेदवार गुरुङ विजयी हुनुभयो ।

खड्काले सबैभन्दा धेरै मत पाएका हुन् भने झिनो अन्तरले विजयकुमार गच्छदारलाई हराउँदै गुरुङ दोस्रो स्थानमा रहनुभयो ।

सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उहाँहरुले उम्मेदवारी दिनुभएको थियो ।