अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसमा केहीबेरपछि महामन्त्रीको मतगणना सुरु हुँदै

काँग्रेसमा केहीबेरपछि महामन्त्रीको मतगणना सुरु हुँदै


काठमाडौं -नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अहिले केहीबेरपछि महामन्त्री पदको मतगणना हुने भएको छ।
बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।