काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहार्नुभएको छ ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित हुनुभएको थियो । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाउनुभयो ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिनुभएको छ ।
महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी हुनुभएको छ ।







प्रतिक्रिया