अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३८९० मत गन्दा गगनलाई २५१२, विश्वप्रकाशलाई १५९७ (मत संख्यासहित)

३८९० मत गन्दा गगनलाई २५१२, विश्वप्रकाशलाई १५९७ (मत संख्यासहित)


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन्।

कांग्रेस निर्वाचन समितिका अनुसार ३८९० मत गणना हुँदा गगनले २५१२ र विश्वप्रकाशले १५९७ मत पाएका छन् ।

त्यस्तै महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।