अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको दाबी, ‘यानप्रसादको सेनाले हैन, लालसेनाले हत्या गरेको थियो’

गोकुल बास्कोटाको दाबी, ‘यानप्रसादको सेनाले हैन, लालसेनाले हत्या गरेको थियो’


काठमाडौं- ज्ञानेन्द्र शाहसँगको सम्बन्धबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको दाबी पुष्टि गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिएलगत्तै एमाले नेता गोकुल बास्कोटाले थप प्रतिक्रिया दिनुभएको छ ।

बास्कोटाले द्वन्द्वकालमा मारिएका माओवादी नेता यानप्रसादको प्रसंग जोड्दै भन्नुभएको छ, ‘ओलीलाई माफी माग्न चुनौती दिँदै खसोखासमा आफैं माफी मागेछन् शेयर लगानीकर्तासँग प्रचण्डले । र, एकदिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्ने छन् उनले। किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीन शाही सेनाले हैन, लालसेनाले मारेको थियो ।’