काठमाडौं- एमाले निकट अनेरास्ववियुसहित ७ विद्यार्थी संगठनले अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता लिन माग गरेका छन् ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग भेट गर्दै विद्यार्थी संगठनहरुले प्रवेश परीक्षा फाराम भर्दा लिने चर्को शुल्क तत्काल खारेज गर्न र चिकित्सा शिक्षामा भएको बेथिति अन्त्य गर्न पनि माग गरेका छन् ।
आयोगका उपाध्यक्षलाई ज्ञापन पत्र बुझाउन अनेरास्ववियु अध्यक्ष सुनिता बरालको नेतृत्वमा विद्यार्थीहरुको टोली बिहीबार गएको थियो ।
प्रतिक्रिया