बिराटनगर- नेकपा एमाले प्रदेश १ का नवगठिन पदाधिकारीहरुले आज सपथ ग्रहणसँगै आज पदबहाली गरेका छन् ।
मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश नं १ मा तुलसी नेउपाने (संखुवासभा)को अध्यक्षतामा प्रदेशका पदाधिकारी चयन गरेको थियो । आज बिहान बिरानगर स्थित मदन आश्रित स्मृति भवनमा प्रदेश नं १ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य देवराज घिमिरेले पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । घिमिरेले पार्टीलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा प्रदेश १ मा पहिलो पार्टी बनाउन पदाधिकारीलाई निर्देशन दिनुभएको छ । ‘अहिले पनि हामी प्रदेश १ मा ठूलो पार्टी हौं । तर अबको निर्वाचनमा प्रदेश १ मा एकल बहुमतका साथ सरकार बनाउने गरी काम गर्नुहोस ’
प्रदेश नं १ का उपाधक्ष्यमा टिकाराम चेम्जोङ (धनकुटा)सचिव चिन्तन पाठक (झापा)उपसचिबमा धना तामाङ (मोरङ) र शैलेश लामा (उदयपुर)चयन हुनु भएको छ । सपथ तथा पदभार कार्यक्रममा प्रदेश सहइन्चार्जहरु हिक्मत कार्की,राजेन्द्र गौतम लगायतको उपस्थिती थियो ।







प्रतिक्रिया