अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महामन्त्रीमा लज्जास्पद हारपछि रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा घोषणा

महामन्त्रीमा लज्जास्पद हारपछि रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा घोषणा


काठमाडौं- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा घोषणा गर्नुभएको छ ।

डा. रिजाल महामन्त्री प्रतिस्पर्धामा ६ जनामध्ये पाँचौ भएपछि राजीनामा दिने निष्कर्षमा पुग्नुभएको हो ।

रिजालले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘नेपाली कांग्रेससको महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।’