काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित भएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा थापाले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करीब ६०० मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।







प्रतिक्रिया