अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्षामन्त्री रिजालद्वारा राजीनामा

रक्षामन्त्री रिजालद्वारा राजीनामा


काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिनुभएको छ ।

महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उहाँले राजीनामा दिनुभएको बताएको छ । उहाँले आज नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउनुभएको हो ।

मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको थियो।  रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।