अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ : मिनेन्द्र रिजाल

जबरजस्ती पदमा बस्ने आवश्यक ठानिनँ : मिनेन्द्र रिजाल


काठमाडौं – नेपाली कांग्रेस महामन्त्रीमा पराजित हुनुभएका डा. मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताउनुभयो ।

बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकबाट रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।

रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उहाँको भनाइ छ । जबरस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताउनुभयो । ‘जबरजस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उहाँले भन्नुभयो, ‘म सार्वजनिक जीवनमै रहनेछु । राजनीतिमा वा कहाँ भन्नेकुरा पछि थाहा हुनेछ ।’

आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उहाँले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहोर्‍याए।