अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैदिन सात जनामा ओमिक्रोन संक्रमण देखिएपछि मुम्बईमा निषेधाज्ञा  

एकैदिन सात जनामा ओमिक्रोन संक्रमण देखिएपछि मुम्बईमा निषेधाज्ञा  


मुम्बई – कोरोना भाइरस ‘ओमिक्रोन’ संक्रमण फेला परेपछि भारतको राजधानी मुम्बईमा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको स‌ंक्रमण पुष्टि भएको हो ।

बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । ओमिक्रोन भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानून ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

निषेधाज्ञाभर जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा पाँच जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने बताएको छ ।

यसबाहेक, पसल, मल, समारोह वा जमघटमा सहभागी मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने छ । सार्वजनिक सवारीमा यात्रा गर्ने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने छ । साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।

कोभिडसम्बन्धी नियम पालना नगर्नेलाई कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन् ।