काठमाडौं -स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् ।
उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए ।
मन्त्री खतिवडाले विद्यार्थीलाई कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया