काठमाडौं– नेकपा (एमाले) ले दसौं राष्ट्रिय महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन– १ जारी भएको छ ।
पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गर्ने गर्दछ । एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी इमेल गरिएको जानकारी दिनुभयो ।
एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार नै पत्रकार सम्मेलन पनि गर्दैछ ।
एमालेले पार्टी इतिहासमा पहिलो पटक विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग रुपमा आयोजना गरेको थियो । विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन,
संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरी कार्यान्वयनमा आइसकेका छन् ।
अपानिमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । अन्तर पार्टी निर्देशनमा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको चितवनमा बसेको पहिलो पूर्ण बैठक र मंसिर २५ र २६ गते जर्मन होम्स हस्पिटालिटी, भक्तपुरमा बसेको दोस्रो पूर्ण बैठकका निर्णयहरु पठाइएको छ ।
४९ पृष्ठको अपानिमा के छ ?







प्रतिक्रिया