अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा मोती दुगड, दुर्गा प्रसाईं उपप्रमुख

उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा मोती दुगड, दुर्गा प्रसाईं उपप्रमुख


काठमाडौं- नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मोतीलाल दुगडलाई दिइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख बनाएको छ ।

दुगड एमाले सांसद तथा पूर्वमन्त्री हुनुहुन्छ भने झापाका मेडिकल व्यवसायी प्रसाईं पार्टी एकताबाट एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।

दुगडले उद्योग, वाणिज्य तथा आपूर्तिका क्षेत्रमा छिट्टै नै विभागले योजना बनाउने बताउनुभयो । उहाँले पार्टीले महत्त्वपूर्ण विभागको प्रमुख बनाएकोमा अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय कमिटीलाई धन्यवादसमेत दिनुभयो ।