अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा यौन दुर्व्यवहारका घटना बढ्दै  

जुम्लामा यौन दुर्व्यवहारका घटना बढ्दै  


जुम्ला – जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् ।

अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुर्व्यवहारका घटना पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा उल्लेख गरिएको छ ।

यस वर्ष २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कार चार वटा घटना र यौन दुर्व्यवहारका पाँच वटा गरी नौ वटा घटना संकलित भएका छन् ।

बलात्कार तथा यौन दुर्व्यवहारका नौ वटा घटनामध्ये सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बालक सुधारगृह र एक जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ ।

बलात्कार तथा यौन दुर्व्यवहारका नौ वटा घटनामध्ये सात जना आरोपित पूर्पक्षका लागि कारागार चलान भएका छन् भने दुई जना बालक सुधारगृह र एक जना फरार रहेको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै जातीय विभेद सम्बन्धी एक घटना, बहुविवाहका दुई घटना, यातानापछि मृत्यु एक, अपहरण एक, हत्या एक गरी र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी दुई वटा घटना गरी १७ वटा घटना संकलन गरिएका छन् । शिक्षा र खाद्य अधिकार सम्बन्धिका घटना पनि संकलन गरिएका छन् ।

मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समीक्षाका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले वर्ष पुस्तक प्रभावकारी हुने भएकाले बाढीपहिरोले पारेको क्षति लगायतका विषयमा समेत प्रथामिकता राख्न आवश्यक छ ।

बाढीले अन्नवालीमा परेको क्षतिका विषयमा धान बाली राहत वितरणका लागि कार्यविधि मात्रै बनेको छ । उहाँले भन्नुभयो अरु अन्नवालीको विषयमा कार्यविधि नबनेकोले यसमा पनि समस्या देखिएको छ । यो विषयमा थप प्रकावकारी बनाउनका लागि जिल्ला विपद व्यवस्थापन समितिमा छलफल गर्ने छौँ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले घटनाको पुष्टि हुने तथ्यांक थप बलियो बनाउन सुझाउँदै बढ्दो सड्क दुर्घटनाका विषय पनि समेटन सुझाव दिनुभयो ।