काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ।
शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित हुनुभयो । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गर्नुभयो ।
चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत ल्याउनुभयो । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।







प्रतिक्रिया