अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावललाई एमालेले दियो सल्लाहकारको जिम्मेवारी

भीम रावललाई एमालेले दियो सल्लाहकारको जिम्मेवारी


काठमाडौं – नेकपा (एमाले)ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।

एमाले दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा.रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित हुनुभएको थियो । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उहाँलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । उहाँले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा.रावलको परामर्शबमोजिम हुने स्पष्ट गर्नुभयो । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित नेता रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आउनुभएको छ । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा डा.रावल तयार नभएपछि निर्वाचन भएको थियो ।