अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले देशलाई बन्धक बनाएर राख्नुभएको छ : उपाध्यक्ष पौडेल

सभामुखले देशलाई बन्धक बनाएर राख्नुभएको छ : उपाध्यक्ष पौडेल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटंकी बनाएको आरोप लगाउनुभएको छ ।

एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले देशलाई बन्धक बनाएर महीनौदेखि अवरुद्ध संसदलाई सञ्चालन गर्न नसकेर नौटंकी बनाएको बताउनुभएको हो ।

उपाध्यक्ष पौडेल भन्नुहुन्छ– ‘हिजोआज न्यायपालिका प्रतिको विश्वास जनतामा गुम्दै गएको छ। सभामुखले संसद सञ्चालन गर्न नसक्नुले नेपाली जनताले सत्ता गठबन्धनमाथि विश्वास गर्ने कुनै आधार छैन ।’

उहाँले भन्नुभयो नेकपा एमाले नेतृत्वको सरकार भएको समयमा देशको अर्थतन्त्रलाई बचाउन जनताले देख्ने गरी काम गरेको छ । तर वर्तमानको गठबन्धन सरकारले समन्वय समेत गर्न सकेको छैन । अब आगामी निर्वाचनमा नेपाली जनताले मार्क गरिसकेका छन् ।

उहाँले अहिले राज्यका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका भताभुंग भएको समेत आरोप लगाउनुभयो ।

सभामुखले दम्भ त्याग नगरेसम्म व्यवस्थापिका चल्न नसक्ने पौडेलले चेतावनी दिनुभयो। उहाँले सभामुखलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन समेत सुझाव दिनुभयो ।