काठमाडौं – पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४८३ पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।
प्रतिक्रिया