काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाउनुभएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।
नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई कारबाही गरेका व्यक्तिलाई समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताउनुभयो ।
उपाध्यक्ष नेम्वाङ भन्नुहुन्छ– ‘प्रधानमन्त्री देउवासँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा पार्टी अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचारधिन रहेको समूहलाई वैधानिकता दिने गरी हामी कुनै बैठकमा सहभागी हुँदैनौं ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।







प्रतिक्रिया