काठमाडौं- एमसीसी संसदमा दर्ता गर्ने विषयमा बोलाइएको सर्वदलीय बैठक अघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
केही दिन देखि माओवादीका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको बैठक माग गरिरहनुभएका थियो । गठबन्धनका मुख्य नेता प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक बोलाउन अस्विकार गरिरहनुभएको थियो ।
सभामुखले पदीय मर्यादा निर्वाह गर्न नसकेको भन्दै भदौ २३ गते निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । एकातिर एमालेको संसद अवरोध अर्कोतिर संसदमा एमसीसी दर्ता गर्नै पर्ने बाध्यतामा रहेका देउवा एमालेका माग सम्बोधन गर्ने पक्षमा हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी दर्ता गर्न नमाने त्यसको विकल्पमा समेत जान देउवा तयार हुनुभएको छ । प्रचण्ड- माधव गठबन्धन बैठक बोलाएर एमसीसी र संसद अवरोध खोल्ने बिषयमा साझा धाारणा बनाउनु पर्ने पक्षमा छन् । तर देउवा एमाले सहभागी नहुने सर्वदलीय बैठक बोलाएर झारो टार्ने तर आफ्नो योजना अनुसार काम गर्ने पक्षमा रहेको कांग्रेसका एक नेता बताउनुहुन्छ ।
एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा टेवुल गरेपछि मात्र एमालेले आफ्नाो धारणा सार्वजनिक गर्ने एमालेले जनाएको छ ।







प्रतिक्रिया