काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी ८ गते पर्साको देहाती गाउँ जगन्नाथपुर जाने हुनु भएको छ ।
वीरगञ्ज भन्दा करिब २५ किलोमिटर पश्चिमको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली पर्सा जान लाग्नुभएको हो । मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।
प्रदेश नं २ का सहइन्चार्ज एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीका अनुसार जगन्नाथपुरको कार्यक्रमको तयारीको लागि बारा र पर्सामा पार्टीका विभिन्न तहका बैठकहरु भइरहेका छन् । ‘हामीली यो कार्यक्रमलाई सन्देश सभाका रुपमा सम्पन्न गर्नेछौं,’ मैनालीले नेपाली बहस डट कमसँग भन्नुभयो ।
मैनालीका अनुसार दशौं महाधिवेशनको सन्देश जिल्ला जिल्लामा प्रवाह गर्ने कार्यक्रम अन्तरगत पनि उक्त कार्यक्रम गर्न लागिएको हो ।







प्रतिक्रिया