धनगढी – दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रक गुडिरहेको अवस्थामा आगलागि भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।
आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागिका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भन्नुभयो, ‘ट्रकमा कुनै क्षेति भएको छैन ।’ ट्रकको पछाडिको टाएरमा आगलागि भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया